असार २८, २०८२ शनिबार July 12, 2025

महिला टी-२० विश्वकप: पहिलो सेमिफाइनल आज अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आईसीसी महिला टी- २० विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदै छ। आज पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै छन्। यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुँदै छ।

अस्ट्रेलिया प्रतियोगितामा अपराजित रहदै समूह ए को विजेता हुँदै सेमिफाइनलमा पुगेको हो भने दक्षिण अफ्रिका समूह बी को उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो।

समूह चरणमा ४ खेल खेलेको दक्षिण अफ्रिकाले इङल्याण्डविरुद्ध हार बेहोरेको थियो। त्यस्तै दोस्रो सेमिफाइनल खेल भने शुक्रबार हुदै छ । दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिज र न्यूजील्याण्ड खेल्दै छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया