असार २८, २०८२ शनिबार July 12, 2025

न्यूजील्याण्डको भारतविरुद्ध पहिलो टेस्टमा उत्कृष्ट शुरुवात

भारतका बलर आर आश्विन, कुलदीप यादव र रविन्द्र जडेजाले एक एक विकेट लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । न्यूजील्याण्डले भारतविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट शुरुवात गरेको छ ।

पहिलो दिन बर्षाले अवरुद्ध भएको खेलको दोस्रो दिन भारतलाई ४६ रनमा अल आउट गरेको न्यूजील्याण्डले दोस्रो दिनको खेल सकिदा ३ विकेट बनाएर १८० रन बनाउदै पहिलो इनिंगमा १३४ रनको अग्रता बनाएको छ ।

न्यूजील्याण्डका लागि डेभोन कोनवेले सर्बाधिक ९१ रन बनाए भने विल योंगले ३३ र कप्तान टम लाथमले १५ रन बनाए । त्यस्तै रचिन रविन्द्र २२ तथा डार्यल मिचेल १४ रन बनाएर खेलिरहेका छन् । त्यस्तै भारतका बलर आर आश्विन, कुलदीप यादव र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारत केवल ४६ रनमा नै अल आउट भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया