असार २८, २०८२ शनिबार July 12, 2025

महिला साफ : भारतले पाकिस्तानलाई ५-२ गोलले हरायो

भारतको महिला साफ च्याम्पियनसिपमा विजयी सुरुवात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ,  १ कात्तिक । पाँच पटकको च्याम्पियन भारतले महिला साफ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

समूह ‘ए’ अन्तर्गत बिहीबार दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५-२ गोलले हरायो ।

भारतको जितमा ग्रेस डाइङमेइले दुई गोल गर्नुभयो । एनगाङगोम बाला देवी, मनिसा र ज्योती चौहानले एक एक गोल थप्नुभयो । पाकिस्तानका लागि सुहा हिरानी र केइला मारी सिद्धिकीले  गोल सान्त्वना गोल गर्नुभयो ।

भारतले पहिलो हाफमै ४-१ गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि पाकिस्तान फराकिलो हार खेप्न बाध्य बन्यो ।

कात्तिक १४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपको समूह ‘ए’ मा भारत र पाकिस्तानसहित साबिक विजेता बङ्गलादेश छ ।

यस्तै समूह ‘बी’मा आयोजक नेपालसहित माल्दिभ्स, भुटान र श्रीलङ्कका छ । नेपालले शुक्रवार भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया