असार २६, २०८२ बिहिबार July 10, 2025

दसैँमा पनि रोकिएन बिदेसिनेको लर्को

साउन, भदौ र असोजमा बिदेसिनेको सङ्ख्या हेर्दा असोजमा थोरै घटे पनि दसैँले प्रभाव पारेको देखिएन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, कात्तिक ३ गते । नेपालीको महान् पर्व दसैँका अवसरमा पनि श्रम बेच्न बिदेसिने युवाको लर्को रोकिएन । चालु आर्थिक वर्ष २०८/८२ को साउन, भदौ र असोजमा बिदेसिनेको सङ्ख्या हेर्दा असोजमा थोरै घटे पनि दसैँले प्रभाव पारेको देखिएन ।

वैदेशिक रोजगार विभागका अनुसार साउनमा ५९ हजार ५७५ जना, भदौमा ५७ हजार ८८४ र असोजमा ५३ हजार ५२५ जना श्रम स्वीकृति लिएर बिदेसिएका छन् । देशबाहिर रहेका परिवारका सदस्यसमेत नेपाल आएर चाडपर्व मनाउने बेलामा रोजगारीको खोजीमा दसैँको बेलामा बिदेसिन युवा बाध्य छन् । स्वदेशमा रोजगारीका अवसर नपाएपछि मुलुक छोडेर युवा कामका लागि बिदेसिन बाध्य भएका हुन् । विदेशबाट आएको भिसाले नेपालका चाडपर्व चिन्दैन । ढिला गरे भिसाको समय सकिने डरका कारण युवा चाडपर्वको खुसी छोडेर विदेश जान बाध्य हुन्छन् ।  विभागका अनुसार गत आवको साउन, भदौ र असोजमा एक लाख ६२ हजार ९०४ जना बिदेसिएकामा चालु आवको साउन, भदौ र असोजमा एक लाख ७० हजार ९८४ जना गए । यो सङ्ख्या गत वर्षको भन्दा आठ हजार ८० ले बढी हो ।

गत आवको पहिलो तीन महिनामा रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको सङ्ख्या लगभग २१ प्रतिशतले घटेर एक लाख ६२ हजार ९०४ जनामा सीमित भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले स्वदेशमा रोजगारीको अवसर नभएपछि नजिक आएको चाडपर्व छोडेर विदेश जाने युवाको चाप नरोकिएको बताउनुभयो ।

वैदेशिक रोजगारीको इतिहासमै आर्थिक वर्ष २०७९/८० को भदौमा सबैभन्दा बढी ७६ हजार ४०३ श्रमिकले वैदेशिक रोजगारीमा जान सरकारबाट श्रम स्वीकृति लिएका थिए । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार