असार २६, २०८२ बिहिबार July 10, 2025

तीन सातादेखि विद्युत् उत्पादन ठप्प

विभिन्न आयोजनाका करिब ६५ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ताप्लेजुङ, कात्तिक ४ गते । पछिल्लो तीन सातायता ताप्लेजुङका आधा दर्जन जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको छ । अविरल वर्षासँगै गएको बाढीपहिरोले काबेली कोरिडोर प्रसारण लाइनमा क्षति गरेपछि विभिन्न आयोजनाका करिब ६५ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन ठप्प भएको हो ।

अविरल वर्षासँगै इलामको माईखोलामा आएको बाढीले काबेली कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर पोल (खम्बा) मा क्षति पु-याएपछि गत असोज १२ गतेदेखि ताप्लेजुङका आधा दर्जन आयोजनाको विद्युत् उत्पादन ठप्प भएको हो । असोज १२ पछि सबैभन्दा ठुलो २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ जलविद्युत् आयोजनाको उत्पादन ठप्प भएको छ ।

उक्त आयोजना र १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेट जलविद्युत् आयोजनाको उत्पादन पनि ठप्प भएको छ । ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने काबेली खोलाबाट उत्पादन काबेली ‘बी–१’ र क्यासकेट दुवै आयोजना अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहेको छ । आयोजनाका स्थानीय कर्मचारी डिल्ली सुवेदीका अनुसार प्रसारण लाइनमा आएको समस्याकै कारण उत्पादन ठप्प भएको हो ।

यस्तै रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको इँवाखोला जलविद्युत् आयोजनाको उत्पादन पनि ठप्प छ । आयोजनाका स्थानीय कर्मचारी टीकाराम मिश्रका अनुसार ९.९ मेगावाट क्षमता भएको आयोजनाबाट उत्पादन ठप्प बनेको हो । त्यस्तै ९.७ मेगावाट क्षमताको अपर इँवाखोला जलविद्युत् आयोजनाको उत्पादन पनि ठप्प भएको छ । यी दुवै जलविद्युत् आयोजना ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाबाट उत्पादन गरिएका हुन् ।

यसै गरी जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका भई बग्ने फावाखोलाबाट उत्पादन गरिएका दुई वटा जलविद्युत् आयोजनाको पनि उत्पादन ठप्प भएको छ । युनिटेक हाइड्रोपावर कम्पनीको स्वामित्वमा उत्पादन ५.८ मेगावाट र सिवानी हाइड्रोपावर कम्पनीको स्वामित्वमा रहेको पाँच मेगावाट क्षमताको फावाखोला जलविद्युत् आयोजनाबाट उत्पादन हुँदै आएको विद्युत् ठप्प भएको छ ।

यसरी प्रसारण लाइनका कारण निजी क्षेत्रको लगानी र पहलमा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन ठप्प हुँदा दैनिक लाखौँ रुपियाँ आम्दानी गुमाइरहनु परेको उत्पादक कम्पनीले जनाएका छन् । काबेली बी–१, इँवाखोला जलविद्युत् आयोजनालगायतले अघिल्लो वर्षको वर्षायाममा बाढीपहिरोले आयोजनाका संरचनासमेत क्षति गर्दा निकै नोक्सानी बेहोरेका थिए । यता नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादक कम्पनीले संयुक्त रूपमा बाढीले क्षति गरेको प्रसारण लाइनको टावर पुनर्निर्माण गरिरहेको बताइएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार