१-० गोलले पछि परेको युनाइटेडले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो। म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचो र रासमस होजलण्डले एक एक गोल गरेका थिए। त्यसैगरी ब्रेन्टफोर्डका लागि इथान पिनोकले एक गोल गरेका थिए।
यो यस सिजनमा म्यानचेस्टर युनाइटेडको तेस्रो जित हो। यो जितपछि ८ खेलमा ११ अंकसहित म्यानचेस्टर युनाइटेड १०औं स्थानमा रहेको छ। त्यसैगरी ब्रेन्टफोर्डको भने ८ खेलमा १० अंक रहेको छ र लिगमा १२औं स्थानमा छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया