असार २८, २०८२ शनिबार July 12, 2025

स्पेनिस ला लिगा : रियल म्याड्रिडले सेल्टा भिगोलाई २-१ गोल अन्तरले हरायो

शिर्ष स्थानमा रहेको बार्सिलोनाको ९ खेलमा २४ अंक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र भिनिसियस् जुनियरले एक एक गोल गरेका हुन्। त्यस्तै सेल्टा भिगोका लागि एक गोल विलियट स्वेडबर्गले गरेका थिए।

यो जितपछि रियल म्याड्रिडको १० खेलमा २४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। शिर्ष स्थानमा रहेको बार्सिलोनाको ९ खेलमा २४ अंक रहेको छ। त्यसैगरी सेल्टा भिगोको १० खेलमा १३ अंक रहेको छ र लिगमा दशौँ स्थानमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया