असार २४, २०८२ मंगलबार July 8, 2025

नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि : उपाध्यक्ष घिमिरे

नेपाल र चीन नजिकका छिमेकी मात्र नभइ भरपर्दो मित्र र साझेदारका रूपमा रहँदै आएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले नेपाल र चीन नजिकका छिमेकी मात्र नभइ भरपर्दो मित्र र साझेदारका रूपमा रहँदै आएको बताउनुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी सदस्य एवं सिङ्हाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज यहाँ आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेकोसमेत बताउनुभयो ।

“नेपाल एक चीन नीतिप्रति सधैँ प्रतिबद्ध छ, यसमा सधैँ स्पष्ट र अटल पनि छ”, उपाध्यक्ष घिमिरे भन्नुभयो,“हाम्रो माटोमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो अटल प्रतिबद्धता हो । यो प्रतिबद्धतामा हामी अडिग छौँ ।”

व्यापार, सुरक्षा, सेवा, विकास र प्रविधिमा चीनले हाँसिल गरेका उपलब्धिबाट नेपाल पनि प्रत्यक्ष वा परोक्ष रूपमा लाभान्वित हुँदै आएको चर्चा गर्नुहुँदै उपाध्यक्ष घिमिरेले नेपालका लागि चीनका बन्दरगाहसम्म पुग्ने वातावरण बनेको र कोभिडका समयमा बन्द भएका सबै नाका सञ्चालन भएकाले दुई देशबीचको व्यापार तथा सीमा क्षेत्रका नागरिकले आवतजावत गर्न सहज भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीका सदस्य छेन् गाङ्गले चीनले प्राप्त गरेको विकास र समृद्धिको लाभ छिमेकी देशले पनि प्राप्त गर्नेछन् भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले दुई देशबीच विस्तार हुँदै गएको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउँदै अगाडि जानुपर्नेमा जोड दिनुभयो ।

नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल र चीनबीचको मैत्री सम्बन्ध जनस्तरमा विस्तारित हुँदै गएको र एक अर्का देशको समान चासोसमेत सम्बोधन हुँदै आएको बताउनुभयो ।

कार्यक्रममा सिङ्हाई प्रान्तको बारेमा जानकारी दिने तस्बिर तथा श्रव्य दृश्य सामग्रीसमेत प्रदर्शन गरिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार