असार २८, २०८२ शनिबार July 12, 2025

भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठद्धारा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा

नयाँ खेलाडीलाई मौका दिन आफुले सन्न्यास लिएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ४ कात्तिक । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गर्नुभएको छ ।

मानबहादुरले आइतबार सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गर्नुभएको हो । सन् २०१५ मा राष्ट्रिय टोलीबाट डेब्यू गर्नुभएको उहाँले नेपालका लागि सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग तथा एसियन गेम्स खेल्नुभएको थियो ।

उहाँले राष्ट्रिय बिच भलिबल टोलीको पनि कप्तानी गर्नुभएको थियो । विभागीय टोली त्रिभुवन आर्मी क्लबको समेत कप्तानी गर्दै आउनुभएका मनबहादुरले नयाँ खेलाडीलाई मौका दिन आफुले सन्न्यास लिएको उल्लेख गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया