असार २८, २०८२ शनिबार July 12, 2025

युइएफए च्याम्पियन्स लिग : पिएसजी बराबरीमा रोकियो

पिएसजी डच क्लब पीएसभीसँग १-१ गोलको बराबरीमा रोकिएपछी लिगमा १७औ स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजी बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा पिएसजी डच क्लब पीएसभीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

पिएसभीले खेलको ३४औ मिनेटमा नोआ लांगको गोलमा शुरुवाती अग्रता लिएकोमा पिएसजीका लागि असरफ हाकिमीले खेलको ५५औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो पिएसजीको यस सिजनमा पहिलो बराबरी हो । यो बराबरीपछि पिएसजीको ३ खेलमा ४ अंक भएको छ र लिगमा १७औ स्थानमा रहेको छ ।

त्यसैगरी पीएसभीको भने ३ खेलमा २ अंक छ र लिगमा २७औ स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया