मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

सन् २०२६ विश्वकपमा नौ वा दश अफ्रिकी देशले भाग लिने : फिफा अध्यक्ष

अफ्रिकी देशहरूलाई महादेशका युवा फुटबल खेलाडीहरूको क्षमतामा थप लगानी गर्न र बाहिर निकाल्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

आदिस अबाबा, कात्तिक ८ गते । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कम्तीमा नौ अफ्रिकी टोलीले संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा हुने सन् २०२६ को विश्वकपमा प्रतिस्पर्धा गर्ने पुष्टि गर्नुभएको छ ।

इथियोपियाको राजधानी अदिस अबाबामा मङ्गलबार अफ्रिकी फुटबलको ४६औँ कन्फेडेरेसन (सिएएफ) को साधारणसभामा बोल्ने क्रममा उहाँले भन्नुभयो, “सन् २०२६ मा हुने विश्वकपमा नौ वा दश अफ्रिकी देशले भाग लिनेछन् ।” उहाँले यो वृद्धि फिफाको विस्तारित विश्वकप ढाँचाअनुसार गरिने जानकारी दिनुभयो ।

उहाँले अफ्रिकी देशहरूलाई महादेशका युवा फुटबल खेलाडीहरूको क्षमतामा थप लगानी गर्न र बाहिर निकाल्न आग्रह गर्नुभयो । “म तपाइँ सबैलाई युवा फुटबलमा लगानी जारी राख्न प्रोत्साहित गर्दछु किनभने ती युवायुवतीहरू भोलिका ताराहरू हुन्” उहाँले भन्नुभयो ।

फिफाले महिला विश्वकपमा सहभागी अफ्रिकी टोलीको सङ्ख्या छ पुर्‍याउनेबारे पनि विचार गरिरहेको उहाँले बताउनुभयो । मोरक्कोले सन् २०३० मा फिफा विश्वकप आयोजना गर्ने तयारी गरेको छ । मोरक्को विश्वकप आयोजना गर्ने दोस्रो अफ्रिकी मुलुक बन्नेछ ।

सम्मेलनको उद्घाटन सत्रमा इथियोपियाका अध्यक्ष तायेओन सेलासीले सिएएफलाई सन् २०२९ अफ्रिका कप अफ नेसन्स प्रतियोगिता आयोजना गर्न इथियोपियालाई समर्थन गर्न अपिल गर्नुभयो ।

पूर्व अफ्रिकी फुटबल स्टारहरू स्यामुएल इटो, जे–जे ओकोचा, एल–हदजी डिउफ ४६औं सिएएफ साधारण साधारणसभामा सहभागी हुनुहुन्थ्यो । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार