असार २८, २०८२ शनिबार July 12, 2025

इंग्लिस प्रिमियर लिग : आर्सनल र लिभरपुलको खेल बराबरी

शीर्ष स्थानमा रहेको सिटीको २३ अङ्क

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ :  इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल र लिभरपुल २–२ गोलको बराबरी खेलेका छन् ।

आर्सनललाई हराएमा लिभरपुल म्यानचेस्टर सिटीलाई पछि पारेर शीर्ष स्थानमा पुग्ने सम्भावना रहेकोमा खेल बराबरीमा सकिएपछि लिगको अङ्क तालिकामा म्यानचेस्टर सिटीको शीर्षस्थान कायमै रहेको छ ।

लिगको नवौं खेल सकिँदा लिभरपुल २२ अङ्कसहित दोस्रो र आर्सनल १८ अङ्कसहित तेस्रो स्थानमा छन् । शीर्ष स्थानमा रहेको सिटीको २३ अङ्क छ । हिजै भएको खेलमा क्रिष्टल प्यालेसले टोटनहमलाई १–० गोलले पराजित गरेको छ ।

यस्तै वेस्टहमले म्यानचेस्टर युनाइटेडलाई २–१ र चेल्सीले न्यू क्यासललाई २–१ गोलले पराजित गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया