काठमाण्डौं, १५कार्तिक । झापास्थित होटल डिलाईट र अमेरिकी भुतपुर्व सैनिक आशिस संग्रौलाले यहाँस्थित सुरुङ्गामा आयोजित कनकाई वार्डस्तरीय दसैतिहार कप फुटबल प्रतियोगिताको उपाधि कनकाई ३ ले जितेको छ ।
बुधवार सम्पन्न फाईनल खेलमा ३ नम्बरले ५ लाई १—० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै कनकाई ३ ले नगद ७१ हजार रुपियाँ प्राप्त गर्यो भने उपबिजयी हुने टिम ५ नम्बरले नगद ३५ हजारमा चित्त बुझायो । कनकाई ३ को लागि आजपनि छितिज कुँवर नायक बने खेलेका सबै खेलमा म्यान अफ द म्याच बन्न सफल कुँवरले आजपनि आफ्नो टिमका लागि खेलको १९ औ मिनेटमा सुन्दर गोल गर्दै टिमलाई बिजयी बनाए ।
कुँवरले छातीले वल रोक्दै अगाडि बढाएर सोझै गोलपोस्टमा वल छिराउनुभएको थियो । छितिज आजको खेलको पनि म्यान अफ द म्याच हुँदै नगद १५ सय प्राप्त गर्नुभयो ।
बिजयी हुने टिम तथा उपबिजयी हुने दुबै टिमलाई कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नम्बर ४ का सांंसद एलपीसाँबा लिम्बु, प्रदेश सांसद राधाकृष्ण खनाल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी , संविधानसभा सदस्य अम्बिका राजवंशी, कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लगाई, आयोजक समितिका ख्याम ओली, आशिस संग्रौला, नविन सुवेदी, लगायातले नगद र ट्रफि प्रदान गर्नुभयो ।
यसैगरि यस खेलमा विधागत तर्फको सर्वोकृष्ट खेलाडी कनकाई ३ का आदित्य बाँनिया हुनभयो । उहाँले नगद ५ हजार प्राप्त गर्नुभयो । यसैगरि हाईस्कोरकर्ताका रुपमा कनकाई ५ का रोचन लिम्बु हुदै उहाँले समेत नगद ५ हजार रुपैँया प्राप्त गर्नुभयो । यसैगरि उत्कृष्ट गोलकिपर कनकाई ३ का विवेक वाग्ले र उत्कृष्ट डिफेन्डर कनकाई ३ कै विशाल र्मुर्मु हुदै नगद ५ हजार प्राप्त गर्नुभयो ।
यसैबिच कनकाई नगरपालिका क्षेत्रबाट खेल खेलेर हाल राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिरहने परुष फुटबलका राष्ट्रिय खेलाडी रोहन कार्की र महिला तर्फकी उमेर समुहकी राष्ट्रिय खेलाडी सिम्रन राईलाई समेत नगद सम्मान गरिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया