असार २८, २०८२ शनिबार July 12, 2025

हङकङ सिक्सेसमा अस्ट्रेलियाविरुद्ध नेपालको सनसनीपूर्ण जित

क्वार्टरफाइनलमा नेपालले श्रीलंकासँग आजै खेल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः हङकङमा भइरहेको २०औं हङकङ सिक्सेस प्रतियोगितामा नेपालले अस्ट्रेलियाविरुद्ध सनसनीपूर्ण जित निकालेको छ । कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा नेपालले अस्ट्रेलियाविरुद्ध ११ रनको जित निकालेको हो ।

नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ६ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनायो । अस्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ५५ रन बनाए । त्यस्तै एलेक्स रोसले १४ रन बनाए । नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए । २ ओभर बलिङ गरेका उनले मात्र २४ रन खर्चिए । त्यस्तै विवेक यादवले १ ओभरमा ६ रन दिएर १ विकेट लिँदा लोकेश बमले १ ओभरमा १३ रन खर्चिएर १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १११ रन बनाएको थियो । नेपालका लागि शनिबार पनि कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे । उनले १६ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५१ रन बनाए । त्यस्तै लोकेश बमले ३३ रन बनाए । त्यस्तै विवेक यादवले १२ रन बनाउँदा रसिद खानले १२ रन बनाए । अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिए ।

यसअघि शुक्रबार नेपालले इंग्ल्यान्डलाई ६ विकेटले हराएको थियो । नेपाल पुल ‘बी’ बाट क्वार्टरफाइनल प्रवेश गरिसकेको छ । क्वार्टरफाइनलमा नेपालले श्रीलंकासँग आजै खेल्दैछ । पुल ‘बी’ मा अस्ट्रेलिया र इंग्ल्यान्ड दुवैलाई हराउँदै नेपाल समूह विजेतासमेत बनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार