असार २८, २०८२ शनिबार July 12, 2025

खेवाङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पेदाङ स्पोर्टिङ क्लबको पोल्टामा

उपविजेतामा सीमित बनेको कुम्मायक गाउँपालिकाले पायो नगद र ट्रफी, पदक र प्रमाणपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १७ कात्तिक । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित खेवाङमा सम्पन्न खेवाङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पेदाङ स्पोर्टिङ क्लबले जितेको छ । पाँचथरको कुम्मायक गाउँपालिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै सिरिजङ्घा गाउँपालिका –५ पेदाङले उपाधि जितेको हो ।

तिहारको अवसरमा खेवाङ स्पोर्टिङ क्लबले आयोजना गरेको सातौं संस्करण अन्तर्गतको प्रतियोगिताको उपाधि जितसँगै पेदाङले एक लाख ५१ हजार १११ रुपियाँ राशिको नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । यस्तै, उपविजेतामा सीमित बनेको कुम्मायक गाउँपालिकाले एक लाख एक हजार १११ रुपियाँ नगद र ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको सेमिफाइनलमा पेदाङले स्थानीय लालीगुराँस स्पोर्टिङ क्लब सुरुम्खिम र कुम्याक गाउँपालिकाले नेपाल पुलिस क्लब कोशी प्रदेशको टोलीलाई पराजित गरी फाइनल पुगेको थियो । प्रतियोगितामा विभिन्न आठ टोलीले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष विनम माबोले जानकारी दिनुभयो ।

विजेता टोलीलाई कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामले पुरस्कार राशि तथा ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्नुभयो । प्रतियोगिताको प्रतिनिधिसभा सदस्य, नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार