असार २८, २०८२ शनिबार July 12, 2025

हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलङ्कासँग पराजित

१२४ रनको लक्ष्य पछ्याएको नेपालका लागि राशिद खानले अर्धशतक बनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, कात्तिक १७ गते। हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलङ्कासँग ४० रनले पराजित भएको छ। दुई जितसहित पूल ‘बी’को विजेता बनेर क्वाटरफाइनल पुगेको नेपाल एक हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।

टस जितेर सुरुमा बलिङ गरेको नेपाललाई क्वाटरफाइनलमा श्रीलङ्काले १२४ रनको चुनौती दिएको थियो। दुई विकेटको क्षतिमा श्रीलङ्काले १२३ रन बनाएको हो। श्रीलङ्काका लागि सन्दुन वीराक्कोडीले अर्धशतक बनाउनुभयो। उहाँले १४ बलको सामना गर्दा चार चौका र पाँच छक्का प्रहार गर्नुभयो। कप्तान लिहुरु मधुशंकाले ३१ रन जोड्नुभयो। उहाँले चार छक्का र एक चौका प्रहार गर्नुभयो।

नेपालका लागि प्रतिश जिसी र नारायण जोशीले एकएक विकेट हात पार्नुभयो।

१२४ रनको लक्ष्य पछ्याएको नेपालका लागि राशिद खानले अर्धशतक बनाउनुभयो। १८ बलको सामना गर्दा आठ छक्काको मद्दतमा उहाँले ५५ रन जोड्नुभयो। नेपालका लागि नारायण जोशीले १३ रन जोड्नुभयो। अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्क जोड्न सकेनन्। लोकेश बम ६, विवेक यादव ५ रन बनाएर आउट भएको खेलमा सन्दीप जोरा र प्रतिश जिसी शून्यमा आउट हुनुभयो।

समूह चरणमा इंग्ल्याण्ड र अस्ट्रेलियाविरुद्ध खेलमा अर्धशतकीय पारी खेल्नुभएका कप्तान जोरा शून्यमा आउट हुँदा श्रीलङ्काको चुनौती भारी भएको थियो।

समूह पहिलो खेलमा इंग्ल्याण्डलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा अस्ट्रेलियामाथि ११ रनको जित निकालेको थियो। शक्तिराष्ट्रविरुद्ध शानदार प्रदर्शन गरेको नेपाल क्वाटरफाइनलबाट घर फर्किएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार