असार २५, २०८२ बुधबार July 9, 2025

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्युः २ सय ८५ जना संक्रमणमुक्त भई घर फर्केिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी, राजविराजका ७३ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा १ सय १ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै जम्मा संक्रमितको संख्या १७ हजार ४ सय ४५ पूगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज २ सय ८५ जना जना संक्रमणमुक्त भई घर फर्केसंगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको छ । विगत २४ घण्टामा ४ हजार ६ सय ८८ जनाको पीसीआर परीक्षण सम्पन्न भएको छ ।

हाल आईसोलेसनमा ५ हजार ८ सय ७१ जना रहेका छन् भने क्वारेनटाईनमा रहेकाहरुको संख्या २२ हजार ७ सय ५६ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया