असार २९, २०८२ आइतबार July 13, 2025

तोलामै दुई हजार आठ सयले घट्यो सुन, चाँदी कति पुग्यो ?

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दुई हजार आठ सयले घट्यो सुन
काठमाडौँ, २० कात्तिक : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार आठ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख ६८ हजार दुई सय तोकेको छ ।
यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ घटेको छ । महासङ्घले एक तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ । यसअघि चाँदी प्रतितोला रु दुई हजार ९० मा कारोबार भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया