असार २२, २०८२ आइतबार July 6, 2025

प्रधानमन्त्री ओली अस्वस्थ

अत्यावश्यकबाहेक अरू भेटघाट बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको प्रधानमन्त्री ओलीको सचिवालयकाले जानकरी दिएको छ ।

हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले जानकारी दिएका छन् । प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका उनले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया