भाद्र ११, २०८३ बिहिबार August 27, 2026

निजी विद्यालयका शिक्षकलाई तलब नदिइएकोमा महासंघको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाल शिक्षक महासङ्घले वैकल्पिक प्रणालीको सिकाइ स्थगन गरी शिक्षकहरुलाई बेतलबी घरबिदा दिने निजी विद्यालय सञ्चालकका छाता सङ्गठनको निर्णयप्रति आपत्ति जनाएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) ले आर्थिक सङ्कट परेको भन्दै गत असार ३१ मा अपिल जारी गरी सो घोषणा गरेका थिए ।

महासङ्घका अध्यक्ष बाबुराम थापाले आज विज्ञप्ति जारी गरी त्यस्तो निर्णय कानूनविपरीत भएको उल्लेख गर्दै विपद्को समयमा श्रमजीवी शिक्षक कर्मचारीलाई थप आवश्यक सहयोग गर्नुपर्नेमा उल्टो बेतलबी बिदा दिइनु अपत्तिजनक भएको जनाउनुभएको हो ।

थापाले हालसम्मको तलब सुविधा दिन र अनलाइनबाट पठनपाठनलाई नियमितता दिन निजी विद्यालयसँग आग्रह गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हर्नामाडीको गुम्बाडाँडा बन्यो मूर्तिकलाको खुला सङ्ग्रहालय
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि आइएफआरसीले १९ करोड सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी
२०८३ भाद्र ११, बिहिबार
मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित
२०८३ भाद्र ११, बिहिबार
एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन (सूची सहित)
२०८३ भाद्र ११, बिहिबार
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
२०८३ भाद्र ११, बिहिबार