असार २८, २०८२ शनिबार July 12, 2025

एएफसी च्याम्पियन्स लिगमा अल नासरको फराकिलो जित

नासरको ४ खेलमा १० अंक भएसँगै लिगमा तेस्रो स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। अल नासरले एएफसी च्याम्पियन्स लिग अन्तर्गत युएईको क्लब अल ऐनलाई फराकिलो अन्तरले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा अल नासरले अल ऐनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा टालिस्काले २ गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डो र वेस्लीले एक एक गोल गरेका थिए । त्यस्तै अल ऐनका फाबियो राफेलले एक गोल आत्मघाती गोल गरेका थिए।

त्यस्तै अल ऐनका लागि एक गोल अल नासरका बेन्टोले आत्मघाती गोल गरेका थिए। यो जितपछि अल नासरको ४ खेलमा १० अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ। त्यस्तै अल ऐनको भने ४ खेलमा एक अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया