असार २३, २०८२ सोमबार July 7, 2025

मुगुमा कोदाेको माग बढ्दो ,उत्पादन घट्दो

कोदो खेती गर्दा लागतको तुलनामा उत्पादनमा कम  हुँदा यहाँका कृषकहरू अन्य नगदे बालीतर्फ आकर्षित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मुगु जिल्लामा कोदाेको माग दिन प्रतिदिन बढ्दै गएको छ।  कोदो खरिदका लागि व्यापारी कृषकहरूको घरमै पुगेर कोदो खरिद गर्न थालेपछि एक्कासी कोदोको माग बढेको हो।

छायाँनाथ  नगरपालिका वडा नं ३ माथितुमका कृषक प्रकाश भण्डारीका अनुसार कोदाेको उत्पादन घट्दै गए पनि माग भने बढेको छ । अहिले प्रति पाथी कोदाे ७० रुपैयाँमा बिक्री भइरहेको  भण्डारीले बताउनु भयो ।

पहिले बिक्री नहुने तर बिक्री भइहाले सस्तो मूल्यमा बेच्नु पर्दा  घाटा हुने भएकाले  कृषकहरू निरास हुँदै आएका थिए । अहिले गाउँघर बाटै कोदो बिक्री हुन थालेपछि स्थानीय कृषकहरू उत्साहित  देखिन थालेका छन्

पछिल्ला वर्षहरूमा कोदाेको माग  बढेपनि  उत्पादन घट्दो क्रममा रहेको छ ।  कोदो खेती गर्दा लागतको तुलनामा उत्पादनमा कम  हुँदा यहाँका कृषकहरू अन्य नगदे बालीतर्फ आकर्षण  बढेको छ।

बिगत वर्षहरूको तुलनामा  कोदो खेती कम गर्ने र आलु,पाखेधान, मकै,सिमी लगायत तरकारी  खेती तर्फ कृषकहरू आकर्षित हुन थालेपछि  कोदो उत्पादन घट्दो क्रममा रहेको छ ।

मुगुसहित साबिक कर्णालीका सबै जिल्लामा कोदाेको खेती गरिँदै आएको छ। कर्णालीबाट खरिद गरिएको कोदो  नेपालगन्ज, काठमाडौं र पोखरामा व्यापारीहरूले बिक्री गर्ने गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार