असार २९, २०८२ आइतबार July 13, 2025

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ३ सयले बढेर तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको छ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ६८ हजार २ सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोलाको २०१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया