असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रिय एकता मजबुत बनाउन छठ पर्वको विशिष्ट भूमिका छ: सभाध्यक्ष दाहाल

सूर्यको उपासना गरी मनाइने छठ पर्व प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा समेत स्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २२ कात्तिक : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

छठ पर्वको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले हरेक समुदाय, जाति र क्षेत्रमा आफ्नो संस्कार एवं आस्थाअनुसार चाडपर्वहरू मनाउनु र यस्ता समुदाय विशेष चाडपर्वलाई सम्मान गर्नु नेपालीहरूको सांस्कृतिक विशेषता भएको र यो नेपाली समुदायका लागि गर्वको विषय भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले तराई–मधेशमा सूर्यको पूजा गरी उल्लासपूर्वक मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । सूर्यको उपासना गरी मनाइने छठ पर्व प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा समेत स्थापित छ । “मानव जीवनका लागि अनिवार्य जल, जमिन र सूर्यसँग जोडिएको यस पर्वले प्रकृतिप्रतिको सम्मान पनि दर्शाउने गरेको पाइन्छ । हाम्रो देश बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त राष्ट्र हो । संविधानले नै विविध जाति, धर्म, संस्कृति र समुदायलाई समान अधिकार दिएको छ । कुनै पनि जातजाति, क्षेत्र वा समुदायमा मनाइने पर्वहरूमा सम्पूर्ण नेपालीहरू उत्साहपूर्वक सहभागी बन्ने मान्यता मजबुत बन्दै गएको छ । यो राम्रो पक्ष हो”, सन्देशमा भनिएको छ ।

सभाध्यक्ष दाहालले विभिन्न जातजाति, धर्म र समुदायअनुसार आ–आफ्नै संस्कृति, परम्परा र चाडपर्वहरूले हाम्रो विविधतालाई प्रतिविम्बित गरेको र विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान भएको बताउनुभयो । परिवारको कल्याण, सन्तान सुख र मनोकामना पूरा हुने विश्वासका साथ मनाइने छठ पर्वले सबैलाई परिवार, समुदाय र समग्र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार