जेठ २२, २०८३ शुक्रबार June 5, 2026

माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बन्न ओलीको प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पार्टीभित्रको शक्ति संघर्षको कारण अल्पमतमा पर्नुभएका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बन्न प्रस्ताव गर्नुभएको छ ।

ओलीले आगामी महाधिवेशन मार्फत पार्टी अध्यक्ष बन्न र अहिले सहयोग गर्न आफू निकट नेताहरु मार्फत प्रस्ताव पठााएको स्रोतको दावी छ ।
पूर्व एमालेका वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतमले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएपछि ओलीले भावी अध्यक्षको रुपमा नेपाललाई प्रस्ताव गरेको नेपाल निकट एक स्थायी समिति सदस्यले बताए ।

पार्टी एकीकरणपछि ओलीलाई साथ दिनुभएका नेपाल पार्टी एकीकरणको क्रममा ओली निकट नेताहरुलाई दोहोरो जिम्मेवारी दिएको, सरकारमा मन्त्री छनोटमा परामर्श नै नगरी अगाडि बढाएको छ, प्रदेशका मन्त्री छनोटमा परामर्श नगरी पेलेर अगाडि बढेको भन्दै असन्तुष्ट रहनुभएको छ ।

प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँडमा ओलीले आफू निकट नेताहरुलाई दोहोरो जिम्मेवारी दिएपछि एक पद एक जिम्मेवारी हुनु पर्ने भन्दै सचिवालय बैठकमा नोट अफ डिसेन्ट लेखेपछि ओली-नेपालको सम्बन्ध विग्रिएको थियो ।

ओलीले पटक–पटक नेता नेपाललाई वालुवाटारमा बोलाएर वान टु वान छलफल गरेपनि दुई नेताबीच विश्वास कायम हुन नसक्दा पार्टीभित्र अहिले प्रधानमन्त्री ओली संकटमा पर्नुभएको छ । प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई सांसद बनाउने निर्णय कार्यान्वयन नगर्दा उहाँले पनि ओलीको साथ छोडनु भएको छ ।

सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीमा अल्मतमा परेपछि अन्ततः ओलीले एक पद छोडने मनस्थितिमा पुगेको बताइएको छ । पार्टीभित्रको विवादको छिनोफानो गर्न आज सचिवालयको बैठक बोलाइएको छ । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
२०८३ जेठ २२, शुक्रबार
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
२०८३ जेठ २२, शुक्रबार
आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक
२०८३ जेठ २२, शुक्रबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०८३ जेठ २२, शुक्रबार
भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने
२०८३ जेठ २२, शुक्रबार
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
२०८३ जेठ २२, शुक्रबार
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव
२०८३ जेठ २२, शुक्रबार