असार २८, २०८२ शनिबार July 12, 2025

बंगलादेशविरुद्धको एकदिवसीय सिरिज अफगानिस्तानले जित्यो

अफगानिस्तानले बंगलादेशलाई ५ विकेटले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज जितेको छ। गएराति सम्पन्न सिरिजको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई ५ विकेटले पराजित गर्दै सिरिज २-१ ले जितेको हो।

बंगलादेशले दिएको २४५ रनको लक्ष्य पछाएको अफगानिस्तानले रहमनुल्लाह गुरबाजको १०१ तथा अजमतुल्लाह ओमरजाइको ७० रनको मद्दतले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाउदै २४४ रन बनाएको थियो। योसँगै अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज २-१ ले जितेको छ। सिरिजमा पहिलो खेल अफगानिस्तानले जितेको थियो भने दोस्रो खेल बंगलादेशले जितेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया