असार २८, २०८२ शनिबार July 12, 2025

विश्वकप छनौट : अर्जेन्टिना पराग्वेसँग २-१ गोल अन्तरले पराजित

अर्जेन्टिनाको ११ खेलमा २२ अंक सहित शिर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अर्जेन्टिना दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट अन्तर्गतको खेलमा पराग्वेसँग पराजित भएको छ ।

शुक्रबार सम्पन्न खेलमा पराग्वेले अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पराग्वेको जितमा एन्टोनियो सानाबरिया र ओमार अलडेरेटेले एक एक गोल गरेका थिए । त्यस्तै अर्जेन्टिनाका लागि एक गोल लाउतारो मार्टिनेजले गरेका थिए ।

यो विश्वकप छनौटमा अर्जेन्टिनाको तेस्रो हार हो । यो हारपछि अर्जेन्टिनाको ११ खेलमा २२ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै पराग्वेको यो जितपछि ११ खेलमा १६ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया