कार्तिक २५, २०८३ बुधबार November 11, 2026

नौ वटा वाणिज्य बैङ्कले घटाए ब्याजदर

मङ्सिरका लागि हिमालयन बैङ्कले निक्षेपमा अधिकतम वार्षिक ६.२५ प्रतिशत ब्याज दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १ मङ्सिर । वाणिज्य बैङ्कहरूले मङ्सिरका लागि निक्षेपमा दिने ब्याज दर घटाएका छन् । कात्तिकमा बैङ्कको औसत ब्याजदर ६.१८ प्रतिशत रहेकामा मङ्सिरमा घटेर ५.९६ प्रतिशत भएको छ ।

बैङ्कहरूमा लगानीयोग्य रकम पर्याप्त हुनु तर कर्जा प्रवाह सो अनुसार बढ्न नसक्दा लागत महँगिन जाने भएकाले बैङ्कहरूले निक्षेपमा ब्याजदर घटाएका हुन् ।

२० वटा वाणिज्य बैङ्कमध्ये मङ्सिरका लागि नौ वटा वाणिज्य बैङ्कले निक्षेपमा दिने अधिकतम ब्याजदर घटाएका छन् । एउटा बैङ्कले ब्याजदर बढाएको छ भने बाँकीको स्थिर छ । ब्याजदर बढाउनेमा राष्ट्रिय वाणिज्य बैङ्क छ ।

ब्याजदर घटाउने बैङ्कहरूमा नबिल, माछापुच्छ«े, एनआइसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, कुमारी, एनएमबी, ग्लोबल आइएमई, सिटिजन्स, प्राइम कमर्सियल र कृषि विकास बैङ्क छन् । ब्याजदर स्थिर राख्नेमा नेपाल एसबिआई, नेपाल, सानिमा, इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु बैङ्क, हिमालयन र एभरेस्ट बैङ्क छन् ।

मङ्सिरका लागि हिमालयन बैङ्कले निक्षेपमा अधिकतम वार्षिक ६.२५ प्रतिशत ब्याज दिने छ । यस्तै एभरेस्ट बैङ्कले छ प्रतिशत, प्रभु बैङ्कले ६.१ प्रतिशत, नेपाल बैङ्कले ५.९५, सिद्धार्थ बैङ्कले छ, नेपाल एसबिआईले छ, सानिमा बैङ्कले ६.१५ र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले ६.५ प्रतिशत यथावत् राखेका हुन् ।

राष्ट्रिय वाणिज्य बैङ्कले ब्याजदर ५.८ प्रतिशतबाट बढाएर छ प्रतिशत बनाएको छ । नयाँ ब्याजदर अनुसार निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैङ्क एनआइसी एसिया बनेको छ । एनआइसीले अधिकतम ६.७९ प्रतिशत ब्याज दिने छ । सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइन बैङ्कको ५.५० प्रतिशत रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार