श्रावण ३, २०८२ शनिबार July 19, 2025

धर्मेन्द्र बास्तोलाको नेकपा (बहुमत) ले स्थानीय तह उपनिर्वाचन बहिष्कार गर्ने

उपचुनावलाई बहिष्कार गर्न सम्बन्धित जिल्ला कमिटीहरूलाई निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ०२ मंसिर । धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले आसन्न स्थानीय तह उपनिर्वाचन बहिष्कार गरेको छ । पार्टी महासचिव कञ्चनले  एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचन बहिष्कार गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । ‘विभिन्न कारणले रिक्त रहेका देशका केही स्थानीय निकायहरूमा यही मंसिर १६ गते उपनिर्वाचनको मिति निर्धारण गरिएको छ।

यो चुनाव पनि विगतका संसदीय चुनावहरू जस्तै जनताको सेवा गर्ने नारा भित्र संसदीय दलाल पुँजीवादी व्यवस्थालाई संस्थागत गर्ने, आमूल परिवर्तनको मुद्दालाई धूमिल बनाउने, जनतामाथि शोषण उत्पीडन गर्ने संयन्त्रलाई मजबुत बनाउने र सारमा भन्दा लेलिनले भन्नु भएझैं ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ एकाधिकार पुँजीवादको दलाली गर्ने प्रपञ्च मात्र हो । तसर्थ पालिकातहमा हुने उक्त उपचुनावलाई बहिष्कार गर्न सम्बन्धित जिल्ला कमिटीहरूलाई पार्टी केन्द्रीय कार्यालय निर्देशन गर्दछ । साथै आम जनतालाई पनि बहिष्कारको लागि अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

देशमा पुँजीवादी व्यवस्था रहने छ तबसम्म त्यस अन्तर्गत हुने कुनै पनि चुनावले केवल पुँजीवादको सेवा मात्र गर्ने, जनतामाथि उत्पीडन थोपर्ने र नेपाल जस्तो नवऔपनिवेशिक देशमा दलाल पुँजीवादलाई संस्थागत र मजबुत बनाउने काम मात्र गर्ने पार्टीको बुझाइ छ ।

यस्तो छ विज्ञप्तीको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया