असार २८, २०८२ शनिबार July 12, 2025

मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २–० गोल अन्तरले हरायो

फिफा वरीयतामा ५१ स्थानमाथिको घरेलु टिम ताजिकिस्तानविरुद्ध ४–० को हार ब्यहोर्न बाध्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। सेन्ट्रल स्टेडियम डुसान्बेमा शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २–० ले पराजित गरेको हो। डिफेन्डर रोहित चन्दको करियरकै पहिलो गोलसँगै नेपाल विजयी भएको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफको सुरूवातमै जेलस्पीजंग कार्कीले नेपाललाई अग्रता दिलाए। ७८औं मिनेटमा रोहितले करियरकै पहिलो गोल गर्दै टोलीलाई २–०को जित दिलाए।

नेपालले बुधबार भएको खेलमा फिफा वरीयतामा ५१ स्थानमाथिको घरेलु टिम ताजिकिस्तानविरुद्ध ४–० को हार ब्यहोरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया