असार २८, २०८२ शनिबार July 12, 2025

कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने

मंसिर २१ र २२ गते इटहरी रङ्गशालामा कोसी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुनसरी। इटहरीमा प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा यही मंसिर २१ र २२ गते इटहरी रङ्गशालामा कोसी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा कोसी प्रदेशका १२ जिल्लाका ५० भन्दा बढी डोजाङका ५ सय बढीको सहभागिता रहने चन्द्रमा तेक्वान्दो डोजाङका अध्यक्ष कुमार गुरुङले जानकारी दिएका छन् ।

करिब तीन लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार, तथा विजयी डोजाङलाइ नगद १५ हजार सहित मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया