श्रावण ३, २०८२ शनिबार July 19, 2025

राप्रपाद्धारा स्थानीय तह उपनिर्वाचनमा ३५ ठाउँमा उम्मेदवारी दर्ता (सूचीसहित)

राप्रपाले कुनै पनि स्थानीय तहका लागि चुनावी तालमेल नगर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तह उपनिर्वाचनमा ३५ ठाउँमा उम्मेदवारी दिएको छ ।

आगामी मंसिर १६ गते उपनिर्वाचन हुने ४२ ठाउँमध्ये ३५ ठाउँमा उम्मेदवारी दिएको हो ।

जसअनुसार झापाको कन्काइ नगरपालिका वडा नं ६ नारायणप्रसाद निरौला, काठमाडौंको कीर्तिपुर नगरपालिकामा ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै काठमाडौं महानगरपालिका वडा नं १६ मा श्यामकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । राप्रपाले कुनै पनि स्थानीय तहका लागि तालमेल नगर्ने नीति लिएको छ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया