असार २८, २०८२ शनिबार July 12, 2025

युइएफए नेसन्स लिग : इङ्ल्यान्डको सानदार जित

ग्रिसले फिनल्यान्डलाई २-० गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । इङ्ल्यान्डले युइएफए नेसन्स लिगमा आइतबार रिपब्लिक अफ आयरल्यान्डविरुद्ध ५-० को सानदार जित दर्ता गरेको छ ।

जितसँगै ६ खेलमा १५ अंक जोडेको इङ्ल्यान्ड लिग ‘ए’ समूह-२ को शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । पराजित आयरल्यान्ड भने समान खेलबाट ६ अंकका साथ तेस्रो स्थानमा रहेर लिग ‘बी’ मा झरेको छ ।

विम्बेली रंगशालामा घरेलु टोली इङ्ल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केन, एन्थोनी गोर्डन, कोनर गालाघर, जारोड बोवेन रटेयलर हारउड बेलिसले गोल गरे । सबै गोल दोस्रो हाफमा भएका थिए ।

खेलको ५१औं मिनेटमा लियम स्केल्सले दोहोरो पहेंलोसहित रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि आयरल्यान्ड १० खेलाडीमा समेटिएको थियो ।

दुई मिनेटपछि नै केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाए । ५५औं मिनेटमा गोर्डनले टोलीको अग्रता दोब्बर बनाए ।

तीन मिनेटपछि नै गालाघरले इङ्ल्यान्डका लागि तेस्रो गोल गरे । ७५औं मिनेटमा बोवेनले गोल गर्दा इङ्ल्यान्ड ४-० ले अगाडि बढ्यो । चार मिनेट पछि नै बोलिसले गोल गर्दै टोलीलाई ५-० ले सहज जित दिलाए ।

यही समूहको अर्को खेलमा ग्रिसले फिनल्यान्डविरुद्ध २-० को जित दर्ता गर्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया