असार २८, २०८२ शनिबार July 12, 2025

जनकपुर बोल्ट्सको जर्सी सार्वजनिक

जनकपुर बोल्ट्स यु–१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोलाई फेस अफ बोल्ट्स् घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।

मधेश प्रदेश खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका खेलाडी आशिफ शेखले संयुक्त रुपमा जनकपुरमा सोमबार साझ जर्सी अनावरण गरेका हुन्।

जर्सी सार्वजनिक गर्दै मन्त्री जयसवालले मधेश प्रदेशको माटोले अन्तर्राष्ट्रिय खेलाडी देशलाई दिएको उल्लेख गर्दै एनपीएलमा जनकपुर बोल्ट्सले सफलता पाउने बताए ।

जनकपुर बोल्टस्का जीएम निरोज खतिवडाले जनकपुरका बोल्ट्सको जर्सी मधेशको ८ वटै जिल्लाको भावना र उमंग रहेको बताए । जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्ट्स यु–१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोलाई फेस अफ बोल्ट्स् घोषणा गरेको छ ।

जनकपुरमा सोमबार साझ आयोजित जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्ट्सले कप्तान महतोलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया