असार २४, २०८२ मंगलबार July 8, 2025

सभामुख घिमिरेद्वारा विकास आयोजनाको निरीक्षण

काठमाडौँमा धेरै समय बिताउनुपर्ने बाध्यता रहे पनि निर्वाचन क्षेत्रप्रतिको दायित्वबाट पछि नहट्ने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
झापा, ४ मङ्सिर : प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेले आज झापा निर्वाचन क्षेत्र नं २ का आधा दर्जन विकास आयोजनाको निरीक्षण गर्नुभएको छ । मदन भण्डारी राजमार्गलगायत ठूला आयोजनासमेतको निरीक्षण गरेपछि उहाँले बजेट अभावमा विकास आयोजना प्रभावित बताउनुभयो ।
“योजना धेरै परेका रहेछन्, तैपनि चित्तबुझ्दो अवस्था देखिएन,” झापा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सभामुख घिमिरेले विकास आयोजनाको निरीक्षणपछि भन्नुभयो, “संसद्को सभामुखको रूपमा विधि निर्माणमा सम्पूर्ण शक्ति लगाउँदै आएको छु । तथापि झापा क्षेत्र नं २ को विकासमा मेरो निरन्तर चासो र प्रयास हुनेछ ।” मुलुकको शिथिल अर्थतन्त्रको असर विकास निर्माणमा परेको जनाउँदै उहाँले काठमाडौँमा धेरै समय बिताउनुपर्ने बाध्यता रहे पनि निर्वाचन क्षेत्रप्रतिको दायित्वबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभामुख घिमिरेले पूर्वीसीमा मेचीदेखि महाकालीसम्म जोड्ने निर्माणाधीन मदन भण्डारी राजमार्गको अर्जुनधारा, बुद्धशान्ति, मेचीनगर र इलामको रोङ खण्डको निरीक्षण गर्नुभएको थियो । त्यसक्रममा उहाँलाई प्रदेश सांसद् चिन्तन पाठक, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोमदेन, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका अगुवा र आयोजनाका अधिकारीले मदन भण्डारी राजमार्गको प्रगति र अवस्थाका बारेमा अवगत गराउनुभएको थियो ।
सभामुख घिमिरेले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मदन भण्डारी राजमार्गको निर्माणको गति सुस्त भएकामा चिन्ता व्यक्त गर्दै बजेट निकासा र प्राविधिक समस्या समाधानका लागि मन्त्रालयको नेतृत्वसँग छलफल गर्ने बताउनुभयो ।
अर्जुनधारा–११ स्थित बुट्टाबारीबाट सालबाडी हुँदै कालिकास्थान जोड्ने नौ किलोमिटर सडक, अर्जुनधारा–८ स्थित टोपीचोकलगायत सडक आयोजनाको निरीक्षण गर्दै उहाँले निर्माण पक्षलाई सडकको गुणस्तर कायम गर्न र तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन दिनुभयो । सभामुखले उत्तरी झापाको हात्ती प्रभावित बस्तीको निरीक्षण क्रममा स्थानीयबासीसँग अन्तरक्रिया गर्नुभएको थियो भने हात्ती नियन्त्रणका लागि सरकारले निर्माण गरेको विद्युतीय घेराबेरा परियोजनाको अवस्थाबारे जानकारी लिनुभएको थियो ।
आइतबार गृह जिल्ला झापा आइपुग्नुभएका उहाँले पहिलो दिन बिर्तामोड र कनकाई क्षेत्रको विकास आयोजनाको निरीक्षण गर्नुभएको थियो । दोस्रो दिन सोमवार उहाँले सुपारी प्रशोधन केन्द्रको निरीक्षण गर्नुभएको थियो भने चिया उद्योगीसँग चिया क्षेत्रका समस्या बारेमा निवासमै छलफल गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार