असार २०, २०८२ शुक्रबार July 4, 2025

राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ पदमा पुनः दरखास्त आह्वान

योग्य उम्मेदवारले २१ दिनभित्र काठमाडौंको रामशाहपथस्थित कम्पनीको कार्यालयमा दरखास्त दिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि पुनः दरखास्त आह्वान गरिएको छ।

कम्पनीको सीईओ छनोट तथा सिफारिस समितिले आज एक सूचना प्रकाशित गर्दै पुनः सीईओ पदमा दरखास्त आह्वान गरेको हो। योग्य उम्मेदवारले २१ दिनभित्र काठमाडौंको रामशाहपथस्थित कम्पनीको कार्यालयमा दरखास्त दिन सक्नेछन्।

यसअघि बुधबार समितिले एक सूचना प्रकाशित गर्दै सीईओ पदका लागि कुनै पनि उम्मेदवार सर्टलिस्टमा पर्न असफल भएको जानकारी गराएको थियो। समितिले गत असोज १६ गते एक सूचना जारी गर्दै सीइओ पदमा दरखास्त पेस गर्न आह्वान गरेको थियो। उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता र अनुभव हासिल गरेका इच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको थियो।

उक्त पदमा सूचना प्रकाशति भएको मितिले २१ दिनभित्र कार्यालय समयमा कम्पनीको काठमाडौंको रामशाहपथस्थित कार्यालयमा दरखास्त दिन भनिएको थियो। उम्मेदवारले पेस गरेका शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा कुल पूर्णांक ५५ को ६० प्रतिशतले हुन आउने अंक प्राप्त गर्ने उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि समितिले सर्टलिस्ट गर्नुपर्ने प्रावधान रहेको छ। तर, कुनै पनि उम्मेदवारले ६० प्रतिशत अंक प्राप्त गर्न नसकेकोले सर्टलिस्टका लागि छनोट नभएको समितिले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार