श्रावण ३, २०८२ शनिबार July 19, 2025

काँग्रेसले भोलि आर्थिक अवस्था सुधारको उपायबारे विज्ञहरुसँग छलफल गर्ने

पूर्वअर्थमन्त्री, रााष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, निजी क्षेत्रका अर्थविद पदाधिकारी लगायतसँग छलफल गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ- नेपाली काँग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने भएको छ ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा यही मङ्सिर ७ गते उक्त छलफल कार्यक्रम गर्न लागेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

शुक्रबार विहान ११ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको शङ्कर हलमा हुने कार्यक्रममा पूर्वअर्थमन्त्री, रााष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, निजी क्षेत्रका अर्थतन्त्रसँग जोडिएका सङ्घ संस्थाका पदाधिकारीलगायतसँग छलफल गरिने प्रमुख श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।क

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया