असार २३, २०८२ सोमबार July 7, 2025

एमाले प्रतिनिधिमण्डल स्वदेश फिर्ता

चीनको नानजिङमा भएको ‘दोस्रो ग्लोबल साउथ थिन्क ट्र्याङ्क फोरम’ कार्यक्रममा सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, ६ मङ्सिर : नेकपा (एमाले) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण गरी स्वदेश फिर्ता भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेश फिर्ता भएको हो । प्रतिनिधिमण्डल गत कात्तिक २७ गते चीन गएको थियो ।
प्रतिनिधिमण्डल चीनको नानजिङमा भएको ‘दोस्रो ग्लोबल साउथ थिन्क ट्र्याङ्क फोरम’ कार्यक्रममा सहभागी हुनुका साथै चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग भेटवार्तासमेत गरेको एमाले विदेश विभागका सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै प्रतिनिधिमण्डलले चीनका जाङ्सु, उहान, बेइजिङलगायत ठाउँमा भएका विभिन्न कार्यक्रममा पनि सहभागिता जनाएको थियो । प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्षसहित पार्टीका सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीलगायत हुनुहुन्थ्यो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार