कार्तिक २५, २०८३ बुधबार November 11, 2026

नुवाकोटका उत्कृष्ट ६ उद्यमी सम्मानित

जिल्ला समन्वय समिति प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरीले प्रशंसापत्र र खादा ओढाएर गरे सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नुवाकोट । दशौँ उद्योग दिवसका अवसरमा नुवाकोटका उत्कृष्ट छ उद्यमीलाई सम्मान गरिएको छ ।

विदुरस्थित उद्योग तथा वाणिज्य कार्यालयमा आइतबार आयोजित कार्यक्रममा मनमैंजु इण्डष्ट्रिज विदुर–५ का अमृतप्रसाद दुवा, बागमती ग्याबिन बक्स उद्योग विदुर–९ का उपेन्द्र बुढाथोकी, लप्सी क्याण्डी उद्योग विदुर–१२ का ज्ञानु तामाङ, नमुन्चेत कृषि फर्म ककनी–२ का कान्छीमाया तामाङ, वाइबा कृषि फर्म म्यागङ–३ का प्रकाश तामाङ र जलेश्वर बाख्रा फर्म तादी–३ का रमेशकुमार बस्नेत सम्मानित भएका हुन् ।

जिल्ला समन्वय समिति प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरीले प्रशंसापत्र र खादा ओढाएर उनिहरुलाई सम्मान गरे । उद्यमी छनोट गर्न गठिन समितिले उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका उद्यमीमध्येबाट फरक–फरक विधामा योगदान पुर्‍याउँदै आएकामध्ये उत्कृष्ट छनोट गरेर सिफारिस भएअनुसार उनीहरुलाई सम्मान गरिएको कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिए ।

उनको अनुसार उद्यमीलाई गरिएको सम्मानबाट उद्योग क्षेत्रमा विकास, वृद्धि र थप लगानीको लागी आकर्षण बढाउन टेवा पुग्ने विश्वास लिइएको छ । कार्यालयले दशौँ उद्योग दिवसको अवसरमा जिल्लाका विभिन्न ५० जना उद्यमी तथा उद्योगले उत्पादन गरेका पाँच सयभन्दा बढी सामग्रीको बिक्री एवं प्रदर्शनी समेत सञ्चालन ल्याएको छ । आइतबारदेखि सुरु भएको प्रदर्शनीमा स्थानीय कृषि उब्जनी र हस्तकलाबाट निर्मित सामग्री रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार