असार २९, २०८२ आइतबार July 13, 2025

नेप्से कारोवार २८ अंकले बढ्यो, ९ अर्ब बढीको कारोबार

३१८ वटा कम्पनी कारोबारमा आउँदा ८९ हजार पटक शेयर किनबेच

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से) २८.८१ अंकले बढेको छ । नेप्से १.४२ प्रतिशतले बढ्दा २७५५.४७ विन्दुमा परिसूचक पुगेको हो । 

९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदासम्म १९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१८ वटा कम्पनी कारोबारमा आउँदा ८९ हजार पटक शेयर किनबेच भएको छ । 

यस्तै १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मैथली लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । १३ समूह मध्ये फाइनान्स बाहेक सबै समूहमा हरियाली छाएको छ । आज फाइनान्स समूह ०.४७ प्रतिशतले घटेर ३ हजार ६७४.२५ विन्दुमा पुगेको छ । 

सबैभन्दा बढी ट्रेडिङ समूह ९.२७ अंकले बढेर ३ हजार ८७०.८६ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड ०.०९ प्रतिशतले बढेर २१.८८ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह ०.३२ प्रतिशतले, विकास बैंक ३.१८ प्रतिशतले, होटल तथा पर्यटन १.३६ प्रतिशतले, हाइड्रोपावर १.४६ प्रतिशतले, लगानी समूह ०.७१ प्रतिशतले, जीवन बीमा २.८१ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.६३ प्रतिशतले, लघुवित्त ०.९० प्रतिशतले, निर्जीवन बीमा १.१८ प्रतिशतले र अन्य समूह ०.५६ प्रतिशतले बढेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार
आजको मौसम : कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने
२०८२ असार २९, आइतबार
झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो
२०८२ असार २९, आइतबार
आज आइतबार, सुर्य भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ असार २९, आइतबार