असार २८, २०८२ शनिबार July 12, 2025

सुनचाँदीको मूल्य घट्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३०० सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको  छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

हिजो प्रतितोला चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया