काठमाडौं । आज मंसिर १७ गतेसम्म कायम शेयरधनीहरुले ङादी ग्रुप पावर लिमिटेडले निष्काशन गर्ने हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले भोली अर्थात मंसिर १८ गते बुकक्लोज गर्दैछ। यस अनुसार कम्पनीको हकप्रद शेयरमा आजसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमाा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा बराबरको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ पुग्नेछ । कम्पनीले गण्डकी प्रदेशको लमजुङ जिल्ला स्थित ४.९५ मेगावाटको सिउरीखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०६९ असोज ३० देखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया