असार २८, २०८२ शनिबार July 12, 2025

नेप्से परिसुचक २० अंकले बढ्यो, कारोबार १० अर्ब बढी

३१४ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ३ हजार ४८१ पटक शेयर किनबेच

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब २० अंकले बढेको छ । आज नेप्से १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा पुगेको छ ।

नेप्से ०.७२ प्रतिशतले बढ्दा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर कारोबार भएको छ।

आज १२६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज बजार खुल्ला रहदाँसम्म ३१४ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ३ हजार ४८१ पटक शेयर किनबेच भएको छ ।

सोमबार ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्म सर्किट लागेको छ । १३ वटा समूह मध्ये ९ वटा समूहको मूल्य बढेको छ भने ३ वटा समूहको मूल्य घटेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया