काठमाण्डौः संघीय सांसद् अन्तर्गत आज दुई समितिको बैठक बस्दै छन् ।
बुधबार प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
आजको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति राष्ट्रिय निकुञ्जहरूको अवलोकन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । दुवै समितिको बैठकको समय १ बजे रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया