असार २५, २०८२ बुधबार July 9, 2025

राष्ट्रपतिद्वारा स्वास्थ्य सम्बन्धी नियमको पालना गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाएपनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गर्नुभएको छ । आज ट्वीट गर्दै उहाँले कोभिड-१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आग्रह गर्नुभएको हो ।

‘‘जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि, कोरोना महामारीको जोखिम टरिसकेको छैन”, उहाँले ट्वीटमा भन्नुभएको छ ।

कोभिड-१९ को सरकारले गत चैत ११ गतेदेखि जारी राखेको बन्दाबन्दी गएराति १२ बजेदेखि हटाएको छ । अहिलेसम्म नेपालमा कोभिड-१९ को सङ्क्रमण १८ हजार ९४ जनामा देखिएको छ भने ४२ जनाको यसबाट मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया