काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्य भने यथावत रहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया