असार २९, २०८२ आइतबार July 13, 2025

सुन तोलामा २ हजार रुपैयाँले बढ्यो, चाँदी कति पुग्यो ?

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली बजारमा सुनको भाउ पनि लगातार बढ्न थालेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ। हिजो मंगलबार पनि सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँले बढेको थियो। यो २ दिनमा सुनको भाउ तोलामै ४ हजार १०० रुपैयाँले बढिसकेको छ।

आज छापावाल सुन प्रतितोला १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ९२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ६० रुपैयाँले बढेर चाँदी १ हजार ९२५ रुपैयाँमा किनबेच भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया