मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

पोखरा खुला एमेच्योर गल्फ प्रतियोगिता शुक्रबारदेखि शुरु हुने

पोखरा सहित काठमाण्डौं, धरान र महोत्तरी सहित विभिन्न क्षेत्रका ६० जना खेलाडी सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा । पर्यटकीय नगरी पोखरामा आउँदो शुक्रबार (मङ्सिर २८ गते) देखि पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला गल्फ सङ्घको आयोजनामा पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा मङ्सिर ३० गते(शनिबार) सम्म उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

उक्त प्रतियोगितामा पोखरा सहित काठमाण्डौं, धरान र महोत्तरी सहित विभिन्न क्षेत्रका ६० जना खेलाडी सहभागी हुने भएको संघ कास्कीका अध्यक्ष जिवाराम गुरुङले बताउनु भयो । प्रतियोगितामा पोखरा २ सहित करिब ६ जना महिला खेलाडीहरू सहभागी हुने भएको उहाँले जनाउनु भयो ।

पार ६९ को कोर्षमा नेपालका विभिन्न गल्फ क्लबबाट एमेच्योर गल्फरको सहभागी हुने सङ्घले जनाएको छ । पहिलो दिन मङ्सिर २८ गते टिम इभेण्टको प्रतिस्पर्धा हुने भएको छ । टिम इभेण्टमा दुई जना गल्फर रहने प्रावधान छ । पहिलो दिन बेटर बल (उत्कृष्ट स्कोर)को आधारमा विजेता घोषणा गरिने छ । विजेताले ५० हजार, उपविजेताले भने ३० हजार र तेस्रो स्थानमा रहने टिमलाई २० हजारको साथमा ट्रफी मेडल प्रमाण पत्र वितरण गरिने भएको द्वितीय उपाध्यक्ष वालकासी गुरुङले जनाउनु भयो ।

प्रतियोगितामा टिम इभेण्ट पुरुष, पुरुष खुल्ला, महिला खुल्ला र यु—१६ गरी चार इभेण्टमा प्रतिस्पर्धा हुने भएको हो । दोस्रो दिन महिला तथा पुरुष तथा यु-१६ को इभेण्ट हुने छ । १८ होलको प्रतिस्पर्धा स्टेबलफोर्ड ३/४ ह्याण्डी क्यापमा खेलाइने छ । उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्ने पुरुष तथा महिला एवं उमेर समूहको विजेता, उपविजेता र तेस्रो स्थानमा रहने गल्फरलाई नगदसहित ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक एवं संघका उपाध्यक्ष भक्तराज गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च हुने सङ्घले जनाएको छ भने प्रतियोगिता सम्पन्न गर्न करिब ९ लाख ५० हजार खर्च हुने उहाँले जनाउनु भयो । प्रतियोगिताबाट बचत भएको रकम सङ्घले स्थापना गर्न खोजेको पोखरा रंगशालाको गल्फ एकेडेमी निर्माणमा खर्च गर्ने भएको छ । पोखरा र यस क्षेत्रमा गल्फ खेल पर्यटनको अथाह सम्भावना भएको संघ गण्डकी प्रदेशका अध्यक्ष इन्द्रधारा विष्टले बताउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार