असार २६, २०८२ बिहिबार July 10, 2025

विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

बलिङमा पोखराका सागर ढकाल र रेमन रेफरले दुई दुई तथा कुशल भुर्तेल र दिनेश खरेलले एक एक विकेट लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ४० रनको मध्यम लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३९ रन बनायो ।

विराटनगरका लागि स्कर्ट इडवार्डले सर्वाधिक ४५ रन बनाउनुभयो । यस्तै ओपनर लाेकेश बमले २६, बसिर अहमदले अविजित २१ र निकोलश किर्तनले १९ रन बनाउनुभयो ।

बलिङमा पोखराका सागर ढकाल र रेमन रेफरले दुई दुई तथा कुशल भुर्तेल र दिनेश खरेलले एक एक विकेट लिनुभयो । पाँचौं खेल खेल्दै गरेका दुवै टोली आज दोस्रो जित निकाल्ने लक्ष्यमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया