श्रावण १६, २०८३ शनिबार August 1, 2026

उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टिः नेपालमा थपिए १४७ जना कोरोना भाइरसका नयाँ बिमारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: काठमाण्डौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पुष्टि गरेका हुन् ।संक्रमित हुनेमा काठमाडौंका ५ जना,ललितपुरका २ जना र भक्तपुरका २ जना रहेको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।

बिहीबार थप १४७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ हजार १८१ नमूना परीक्षणमा १ सय ४७ जनामा कोरोना संक्रमण देखिएको हो।मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । नयाँसहित कूल संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ।

बुधबार मात्र १ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५६ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार ८ सय ४० पुगेको छ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २० हजार ९८ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५हजार ३ सय ५८ जनाको उपचार भइराखेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार